Websoft University

नकाउट फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा


युवराज ठकुरी/सिंहदेवी,मोरङ, मङ्सिर  २७ गते ।
पर्यटकीय स्थानको रुपमा चर्चा बटुल्दै गरेको उत्तरी मोरङको सिंहदेवीमा मङ्सिरे पुर्णिमाको अवसरमा सन्चालन गर्न लागिएको नकाउट फुटबल तथा ऎतिहासिक मेलाबजारको सम्पुर्ण तयारी पूरा भएको छ।

मङ्सिर २८गते देखि शुरु हुने उक्त फुटबल प्रतियोगितामा आज सम्म ५/६टीमले दर्ता गराएको खेलकुद संयोजक सुमन लिङ्दमले बताए। सिंहदेवी-७को खेलमैदान प्रत्येक वर्षको मङ्सिरे पुर्णिमा(चासोक तङ्नाम)को अवसरमा खेलाइने फुटबल खेलमा पहिलो वर्षमा भन्दा धेरै रकमको पुरस्कार राखिएकाले पनि धेरै भन्दा धेरै टीमले सहभागिता जनाउने आशा आयोजकले राखेको छ।

ग्रामीण भेगका युवाहरूमा फुटबल प्रतिको मोह बढ्दै गए पछि फुटबल खेलको आयोजना पनि निरन्तररुपमा हुन थालेको छ।मोरङको विकट पहाडी गाविसमा पर्ने सिंहदेवी खोर्साने केराबारी देखि र लेटाङभोगटेनी देखि पनि आउन सकिन्छ।धनकुटा जिल्लाको वसन्तटार गाविसको सिमानामा पर्ने सिंहदेवीमा भेडेटार राजारानी हुँदै पनि आउन सकिन्छ।

नकाउट फुटबल प्रतियोगिता र ऎतिहासिक मेलाबजारमा आउने दर्शकहरुले सिंहदेवीका पर्यटकीय स्थान जेफाले,मोरङकै एकमात्र चियाबगान र बन्दै गरेको हाइड्रोपावरको अबलोकन गर्न सकिने आयोजकले जनाएको छ।
भोलि २८गते उद्घाटन खेलहुने पनि आयोजक कमिटीका अध्यक्ष खड्गबहादुर ठकुरीले बताएका छ्न।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.