Websoft University

भारतिय गाडीको ठक्करबाट एकको मृत्यु एक घाईते।

बिराटनगर, मङ्सिर २७ गते ।
सिरहा नगरपालिका १० स्थित सिरहा चोहर्वा सडक खण्डमा आईतबार सांझ साढे सात बजे भारतिय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।

 मृत्यु हुनेमा सिरहा मल्हनिया पिडारी गाविस ६ बस्ने २१ बर्षिय प्रदिप कामती रहेका छन्। उतरबाट दक्षिणतर्फ जादै गरेको BR ०६ PA ७४३९ नम्बरको स्कारपियो गाडीले बिपरित दिशाबाट आइरहेको स ४ प ३५९४ नम्बरको मोटरसाईकललाई  ठक्कर दिएको थियो।

ठक्करबाट घाईते कामतीलाई उपचारकोलागी जिल्ला अस्पताल सिरहा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको छ भने सोहि मोटरसाईकलको पछाडी सवार रहेका अर्का प्रदिप कामती गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय बिष्णुपुरले जनाएको छ।

घाईते कामतीको बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। ठक्कर दिने स्कारपियो प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रकेकोले खोजिकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.