धनकुटा मंसिर २७ गते ।
धनकुटाको भेडेटार स्थित एक होटलबाट प्रहरीले अनैतिक कृयाकलापमा संलग्न रहेको आरोपमा तीन जना युवायुवतीलाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक सुदिपराज भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले भेडेटार–४ स्थित जे.के होटल एण्ड लजमा छापा हानेर उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
होटलको कोठामा यौन दुरचार गरिरहेको अवस्थामा फेला पारेर दुई युवा र एक युवतीलाई नियन्त्रणमा लिईएको प्रहरी प्रमुख भण्डारीले जानकारी दिए ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरी कानुनी कारबाहीको प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा युवती ब्यावसायीक रुपमा यौन कृयाकलापमा संलग्न भएको पाईएको प्रहरीको भनाइ छ । पक्राउ परेकी युवती अबिबाहित हुन भने दुई युवा बिवाहित भएको बताईएको छ ।
Post a Comment