Websoft University

मोरङको पाटी गाविसका दुई विद्यालयमा विब्यस गठन सम्पन्न




युवराज ठकुरी/सिंहदेवी,मोरङ मङ्सिर २५ गते ।
मोरङ जिल्लाको पहाडी गाविस पाटीका दुई विद्यालयहरु सरस्वती मावि र कुमाल प्राविको व्यवस्थापन समिति गठन सम्पन्न भएको छ।

सरस्वती माविमा सैबहादुर राईको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मतले चयन भएको कुमाल प्राविका प्रअ सुक्र आङ्देम्बे लिम्बूले बताउनु भयो।त्यसै गरि कुमाल प्राविमा रुपनन्द लिम्बूको अध्यक्षतामा नौ सदस्यीय समिति गठन भएको छ।

सरस्वती मावि व्यवस्थापन समितिमा बद्धवीर लिम्बू, धनबहादुर लिम्बू, शुक बहादुर थापा मगर,
बुद्धिमाया लिम्बू, मन्दिरा मगर, कुलमाया
लिम्बू, शिक्षक प्रतिनिधि तारा कुमारी
लिम्बू, सदस्य सचिव प्र.अ.शङ्कर पौडेल सर्वसम्मतले चयन भएका छ्न।

त्यसै गरि कुमाल प्राविमा सन्तकुमार तामाङ, पुर्णहाङ लिम्बू, रुपा लिम्बू, राधिका लिम्बू, धनकुमारी लिम्बू,चन्द्रसिङ लिम्बू, शिक्षक प्रतिनिधि कल्पना लिम्बू, सदस्य सचिव  प्रअ शुक्र लिम्बू चयन भएका छन।

सरस्वती माविका निवर्तमान अध्यक्ष लोकबहादुर लिम्बूको सभापतित्वमा भएको उक्त बैठकमा प्रमुख अतिथि जिशिकाका प्रतिनिधि स्रोत केन्द्र केराबारीका स्रोत व्यक्ति बिन्दु लावतीको सहजीकरण,विशेष अतिथि गाविस सचिब नरबहादुर कट्वाल,एमालेका अम्बर राई स्थानीय बुद्धिजीवी चन्द्रसिङ्ह लिम्बूले शुभकामना मन्तव्य राखेका थिए।

विद्यालयका शिक्षक माधबप्रसाद अधिकारीको सन्चालन, प्रअ शङ्कर पौडेलले स्वागत मन्तव्य र जनसहयोग प्राविका प्रअ हरिबहादुर बस्नेतले नवगठित समितिलाई बधाई ज्ञापन गरेका थिए।

कार्यक्रममा विद्यालयको तर्फबाट अतिथिहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै नवगठित समितिको प्रतिबद्धता र निवर्तमान अध्यक्षद्वारा जिम्मेवारी हस्तान्तरणसगै कार्यक्रम सम्पन्न भएको कुमाल प्राविका प्रअ सुक्र लिम्बूले बताउनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.