Websoft University

बिधुत सर्ट भई घरमा आगलागी


ईलाम, मंसिर २५ गते।
ईलाम जिल्लाको पशुपतिनगर ३ अर्थेटार स्थित एक घरमा शुक्रबार बिहान बिधुत लाईन सर्ट भई आगलागी भएको छ।

आगलागीबाट स्थानीय किरण योञ्जनको घर जलेको छ। योञ्जनको घरमा बिहान ८ बजे कोही नभएको अवस्थामा अचानक विधुत सर्ट भई आगलागी भएको हो।

आगलागीबाट उनको ढुङ्गा माटोले बनेको घर, घरभित्र रहेको लत्ताकपडा, डेढ तोला सुन, पाँच तोला चाँदी र नगद चार हजार जल्दा अन्दाजी पाँच लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिगएको प्रहरी टोली र गाउँलेको सहयोगमा नियन्त्रण गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.