Websoft University

भरुवा बन्दुकसहित पक्राउ


धनकुटा, मंसिर २३ गते।
धनकुटाको चुङबाङ गाविसबाट बिहिबार भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

विशेष सुचनाका आधारमा चुङ्बाङ ६ का रामलाल सिंह तामाङको घरबाट एक थान अवैध भरुवा बन्दुकसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

तामाङले गाउँ घरमा भरुवा बन्दुक पडकाउदै हिड्ने गरेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी चौकी हिलेको टोलीले बिहिबार बिहान उनको घर खानतलाशी गरेका थिए। तामाङलाई आवश्यक अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.