Websoft University

बन्चरो प्रहारबाट घाइते



उदयपुर, मंसिर २५ गते।
उदयपुरको त्रियुगा नगरपालिकामा शुक्रबार बन्चरो प्रहारबाट एक युवक घाइते भएका छन्। त्रियुगा नगरपालिका ९ दमौती बस्ने ३५ वर्षिय मोहन बुढाथोकीमाथी सोही ठाउँका ३० वर्षिय होम बहादुर कार्कीले शुक्रबार साँझ मादक पदार्थ सेवन गरी बन्चरोले प्रहार गरेका हुन्।

बन्चरोले टाउकोमा चोट लागेर गम्भीर घाईते भएका बुढाथोकीको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने बन्चरो प्रहार गर्ने कार्की फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय जलजलेले जनाएको
छ।

यता ताप्लेजुङको फाकुम्बा-५ बस्ने साङगे शेर्पाले सोही ठाउँका ताप्के शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। शुक्रबार राती स्थानीय छाङडु शेर्पाको छोराको विवाह कार्यक्रममा दुबै विच विवाद भएपछि खुकुरी प्रहार भएको थियो।

टाउको र ढाडमा खुकुरीको चोट लागेका ताप्के शेर्पालाई गाउँले उपचारकालागी जिल्ला अस्पताल पुर्‍याएका छन्। खुकुरी प्रहारबाट संलग्न व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी साँघुले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.