बिराटनगर,पुस १ गते ।
उद्योग संगठन मोरंगले मिति २०७३ मंसिर ३० गते, सरुवा भई आउनु भएका मोरंगका प्रमुख जिल्ला अधिकारी श्री यज्ञराज कोईरालाज्यू एवं राजश्व अनुसंधान कार्यालय, ईटहरीका प्रमुख जय भण्डारीको सम्मानमा संगठनले स्वागत एवं परिचयात्मक कार्यक्रमको आयोजना गरेको कुरा रातो तारा डट कम लाइ प्रेस बिज्ञाप्ति बाट जानकारी गराइएको छ।
स्वागत एवं परिचयात्मक कार्यक्रममा संगठनका अध्यक्ष्ँ मुकेश उपाध्यायले संगठन र स्थानीय प्रशासनसंग संगठनको सम्वन्ध सदैव सुमधुर रहदै आएको र उद्योगी÷व्यवसायीको समस्या समाधानमा प्रशासन सदैव सहयोगी रहेको आगामी दिनमा सम्वन्ध थप प्रगाढ हुने वताउनु भयो । उहा“ले स्थानीय स्तरबाट हल हुन सक्ने उद्योगी÷व्यवसायीका समस्या समाधानमा स्थानीय प्रशासन र राजश्व अनुसंधानले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
संगठनका पूर्व अध्यक्ष्ँ सुशिल धनावतले स्थानीय रुपमा संगठनबाट आयोजना हुने कार्यक्रममा स्थानीय प्रशासनको सहयोग र समन्वय रहदै आएको विचार व्यक्त गर्दै आगामी दिनमा सवन्धमा थप प्रगाढता आउने विश्वास व्यक्त गर्नु भयो ।
संगठनका निवर्तमान अध्यक्ष्ँ शिवशंकर अग्रवालले वन्द, हड्ताल लगायत असहज अवस्थामा संगठनले सदैव स्थानीय प्रशासनको सहयोग गरेकै कारण स्थानीय प्रशासन, उद्योग संगठन र उद्योगी÷व्यवसायी वीचको सम्वन्ध सुमधुर रहदै आएको वताउदै विराटनगरको औद्योगिक विकासका लागि स्थानीय प्रशासनले थप पहल गर्नु पर्नेमा जोड दिनु भयो ।
मोरंगका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईरालाले स्थानीय वासी भएको नाताले समेत आफुलाई मोरंग र विराटनगरको विकासका लागि थप केही गर्नु पर्ने चुनौति रहेको वताउदै आफुबाट विराटनगर र मोरंगको विकासका लागि हुन सक्ने पहल र प्रयासमा आफु सदैव तत्पर रहेको वताउनु भयो ।
राजश्व अनुसंधान कार्यालय ईटहरीका प्रमुख जय भण्डारीले राजश्व र स्वच्छ व्यापार प्रवद्र्धनमा उद्योग संगठन मोरंग सदैव सहयोग रहने आशा व्यक्त गर्नु भयो ।
कार्यक्रममा उद्योग संगठन मोरंगका पूर्व अध्यक्ष्ँ अशोक मुरारका, दिनेश गोल्छा, वरिष्ठ उपाध्यक्ष्ँ भीम घिमिरे, उपाध्यक्ष्ँ सुयश प्याकुरेल, प्रदीप मुरारका, कार्यकारिणी समिति सदस्य राकेश सुराना, सुरेन्द्र गोल्छा, सुवोध कोईराला, संजय अग्रवाल, भोलेश्वर दुलाल, प्रतिभा रिजाल ओलीको सहभागितका रहेको थियो ।
Post a Comment