काठमाडौं, मंसिर २६ गते ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार आज जन्मदिन मनाउँदै हुनुहुन्छ । आफ्नो ६२ औं जन्मदिनको अवसरमा उहाँ बिहानैदेखि व्यस्त हुनुहुन्छ ।
बिहान ७ बजे उहाँले सरकारी निवास बालुवाटारमा जनयुद्धका घाइते कालिकोटका सर्जन बिकलाई भेटेर कार्य शुभारम्भ गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रचण्डलाई जन्मदिनको शुभकामना दिन नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरण बिहानै बालुवाटार पुग्नुभएको थियो । उहाँले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिंदै समसामयिक राजनीतिक विषयमा पनि कुरा गर्नुभएको थियो ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शितल निवासमै बोलाएर प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।
Tejendra Bhandari
Editor
रातो तारा डट कम
www.ratotara.com
को तर्फबाट
प्रधानमन्त्री ज्यूू लाइ जन्मदिनको हार्दिक शुभकामना ।।
२०७३/०९/२६
Post a Comment