Websoft University

पन्चकन्या प्रावि सिंहदेवीमा अटलसिङ



युवराज ठकुरी/सिंहदेवी,मोरङ मङ्सिर २२ गते ।
मोरङको सिंहदेवी-६ समितेनमा अवस्थित पन्चकन्या प्राविको विव्यसको पुनर्गठन २१गते मङगलबार सम्पन्न भएको छ।

अटलसिङ लिम्बूको अध्यक्षतामा आठ सदस्यीय समिति सर्वसमितिले चयन भएसगै विद्यालय व्यवस्थापन समितिले पुर्णता पाएको हो।

जिशिका मोरङका प्रतिनिधि ,केरावारी स्रोत केन्द्रका स्रोत व्यक्ति विन्दु लावतीको सहजीकरण मा भएको उक्त बैठक शिक्षक कबिन्द्र लिम्बूको संचालन र निवर्तमान अध्यक्ष डम्बर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्र.अ यमबहादुर ठकुरीले स्वागत मन्तव्य,निवर्तमान अध्यक्ष,सेरबहादुर लिम्बूले शुभकामना मन्तव्य साथै स्रोत व्यक्तिले समिति गठन प्रक्रियाका बारेमा प्रकाश पारेका
थिए।

अभिभावक मध्येबाट दुई महिला हस्ता लिम्बू,अन्जना लिम्बू सहित अटलसिङ लिम्बु,आसबहादुर लिम्बू,शिक्षक प्रतिनिधि कबिन्द्र लिम्बू सदस्य सचिव यमबहादुर ठकुरी र दुई मनोनीतमा महिला एक मीना लिम्बू र प्रेम लिम्बू चयन भएका छ।उक्त समितिले आफुहरु मध्येबाट अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिको छ।

मोरङको अत्यन्तै दुर्गम र सिंहदेवीको अत्यन्तै दुर्गम समितेनको पन्चकन्या कक्षा ५ सम्म लिम्बू भाषाको पठनपाठन भैरएको समितिले
जनाएको छ।

सिंहदेवीका अन्य वडामा अवस्थित विद्यालय लक्ष्मी प्रावि र कल्याणकारी माविका समितिले भने पुर्णता पाउन सकेको छैन।लक्ष्मी प्राविमा अध्यक्षका लागि सहमति जुट्न सकेको छैन भने कल्याणकारी माविमा सदस्य छनोटमा नै विवाद भएको उपस्थित अभिभावकहरुले बताए।

विवादको बीचमा पनि सदस्य चयन भने भएको तर शिक्षक प्रतिनिधि, थप सदस्य  मनोनीत र अध्यक्ष चयन भने हुन सकेको छैन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.