झापा, मंसिर २१ गते।
झापाको घेराबारी ३ स्थित लक्ष्मीपुर-घेराबारी सडकमा मंगलबार बिहान गिटी बोकेको ट्याक्टर दुर्घटना हुँदा चेपिएर एक जनाको ज्यान गएको छ।
राजगढबाट गिटी बोकेर केचनातर्फ जादै गरेको मे १ त २७९७ नंम्बरको ट्याक्टर बिहान ६ बजे सडकदेखि पश्चिम खाल्डोमा पल्टिंदा केचना १ का ३२ वर्षिय रुपलाल माझीको घटनास्थलमै मृत्यु भएको हो।
माझीको शव प्रहरीले ट्याक्टर मुनि चेपिएको अवस्थामा फेला पारेको थियो। ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय राजगढले जनाएको
छ।
यता सुनसरीको ईटहरी उपमहानगरपालिका २४ गोल्डेन चौकमा मंगलबार बिहान ग १ क २५९० नम्बरको ट्रकले ठक्कर दिंदा पैदलयात्री सोही ठाउँकी २८ वर्षिय सानु
सुवेदी घाइते भएकी छिन। घाइते महिलाको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
Post a Comment