सुनसरी, मंसिर २१ गते।
सुनसरीमा मंगलबार बिहान धान खेतमा एक युवतीको शव फेला परेको छ। लौकही गाविस २ बस्ने सिंहेश्वर यादवको अन्दाजी १६ वर्षका छोरी राधा कुमारी यादवको शव मंगलबार बिहान नरसिंह गाविस ८ स्थित आफ्नै धान खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मृतक बिहान ६ बजेतिर घरबाट धान काट्न खेततर्फ गएकी थिईन। घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ल प्रहरी कार्यालय सुनसरीबाट टोली खटिगई अनुसन्धान शुरु गरिएको छ।
Post a Comment