Websoft University

​आमरण अनशन बसेका तिवारीको समर्थनमा विद्यार्थीको प्रदर्शन, अस्पतालका कर्मचारी पनि आन्दोलित



सप्तरी, मंसिर २१ गते ।
अस्पताल सुधारको माग गर्दै आमरण अनशन बस्नु भएका नेपाल सद्भावना पार्टी ९गजेन्द्रवादी० का अध्यक्ष विकास तिवारीको आन्दोलनप्रति ऐक्यबद्वता जनाउँदै विद्यार्थीले मंगलबार राजविराजमा प्रदर्शन गरेका छन् ।

१४ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका तिवारीको माग सम्बोधन गर्न सम्बन्धित निकायले आनाकानी गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् । स्थानीय शिब मन्दिर प्राङ्गणबाट निकालिएको विद्यार्थी जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेको छ । उनीहरुले तिवारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

अस्पतालमा देखिएका बेथितीहरुलाई सुधार्नु पर्ने, चिकित्सकहरुको दरबन्दी कायम गर्नुपर्ने, इमेर्जेन्सी र बहिरंग चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनु पर्ने, सुत्केरी, गर्भवतीका लागि पोषण, खाना, लुगालगायत प्रसुती सम्बन्धी आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ताको विवरण उपलब्ध गराउनु पर्ने लगायत विभिन्न माग राख्दै उहाँ भोक हड्तालमा बस्नु भएको छ ।

उहाँका मागबारे वार्ता गर्न पूर्वक्षेत्रीय स्वास्थ्य निर्देशनलाय धनकुटाका प्रमुख डा। महेश खनालको नेतृत्वमा आएको टोलीले कुरा गरेपनि तिवारीले स्वास्थ्यमन्त्री नआएसम्म आमरण अनशन नत्याग्ने बताउनुभएको छ ।

यसैबिच अस्पतालका सरसफाईका कर्मचारीले पनि छुट्टै आन्दोलन सुरु गरेका छन् । उनीहरुले कर्मचारीलाई स्थायी गर्नुपर्नेसहितका पाँच बुँदे माग राख्दै अस्पतालमा धर्ना दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.