कपिलवस्तु मंसिर २१ गते ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले हाल पेश गरेको संबिधान संशोधन प्रस्ताब अपुरो रहेको बताएका छन् ।
प्रेस सोसाइटी नेपाल कपिलबस्तुुले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो बिचार व्यक्त गरेका हुन । केही दिन अगाडी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संविधान संशोधन प्रस्तावको समर्थनमा रहेको बताएको केही समयपछि यस्तो धाणा राखेका हुन् ।
संयोजक डा. भट्टराईले आफुहरुले पहिचानका ५ आधार र सामथ्र्यका ४ आधार अनुरुप तराईमा दुई प्रदेश बनाउनुपर्ने बिषयमा स्पष्ट रहेको उनले बताए ।
बिगतमा पञ्चायतले निर्धारण गरेको जिल्ला, अञ्चल र क्षेत्र नटुक्र्याई प्रदेशका नाममा जनता भिडाउने कार्यले राजतन्त्रको हस्को दिएको उनले बताए । प्रदेशका नाममा जनता लडाएर मुलुक बिखण्डन गर्न खोजिएकाले सबै शक्तिले मिलेर त्यसको प्रतिबाद गर्नु पर्ने उनले बताए ।
नयाँ शत्ती पाटी नेपाल कपिलवस्तुले राखेको राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश एव स्वागत समारोह कार्यक्रमको लागी डा. भट्टराइ आएका थिए ।
कार्यक्रममा मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) को केन्द्रिय उपाध्यक्ष पद परित्याग गरेका पुर्व मन्त्री दान बहादुर चौधरी सहित पार्टीको जिल्ला नेतृत्वका नेता सगै ठुलो संख्यामा पार्टी कार्यकर्ता र नेपाली काँग्रेसका स्थानिय नेता नयाँ शक्ति पार्टीमा प्रबेश गरेका थिए ।
Post a Comment