Websoft University

फ्याक्ट्रीमा भीषण आगलागी



बिराटनगर, मङ्सिर २२ गते, । 
सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएसँगै फ्याक्ट्री भित्र रार्खिका ग्यासका सिलिन्डर विष्फोट हुँदा आसपासका स्थानीयबासी आतंकित भएका छन् । ग्यास पड्कदा आगो निभाउँन पुगेका तीन जना उद्धारकर्मीहरुसमेत घाईते भएका छन् ।


घाईते हुनेहरुमा राज यादव, दिलिप चौधरी र अमृत श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।  आगो नियन्त्रणकोक्रममा उनीहरु घाईते भएका हुन । घट्नामा एउटा बोलेरो गाडी समेत जलेको प्रहरीले जनाएको छ ।

धरान, इटहरी, विराटनगर, इनरुवालगायतका दमकल तथा स्थानिय, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास जारी राखेको भए पनि आगो नियन्त्रण बाहिर रहेको स्थानिय उमेश साहले बताए । 

आगलागी भएको फम भित्ररहेको फ्याक्ट्री खेतको विचमा भएको कारण र ग्यासहरु ठूलो संख्यामा पड्केको कारण दमकलहरुसम्म उक्त स्थानसम्म पुग्न १ घण्टा लागेको थियो । स्थानीय अगुवा विनय दाहालले आगलागीको कारण अहिले सम्म पत्ता नलागेको बताए । 

उक्त फम धरानका मनिष अग्रवालको भएको वताईएको छ । आगो नियन्त्रण बाहिर रहेकाले फर्मलाई बचाउने सम्भावना निकै कम भएको बताइएको । आगो निभाउँन समस्या भएको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर शिवकुमार पोखरेलले बताएका छन् । ग्यास लिक भएरै आगो लागेको हुनसक्ने उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.