Websoft University

अध्यारो मुक्त बनाउने अभियानमा बाधा गर्नेलाई कारवाही गर्छु: जनार्दन शर्मा


विराटनगर मंसिर २८ गते ।
रातोतारा सम्वादाता,
उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर)ले देशलाई अध्यारो मुक्त बनाउने अभियानमा बाधगर्ने जोसुकैलाई नछाड्ने बताउनु भएको छ । प्रेश सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देश लोडसेडिङ मुक्त भए स्वदेशमै थपउद्योग धन्दाहरु खुल्ने स्वरोजगारको सृजना हुनेछ भन्नू भयो।

यसो भए युवाहरुले कतार जानुनपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, म देशलाई अध्यारो मुक्त बनाउने अभियानमा लागेको छु कोहि अध्यारो बनाउने तर्फ लागेको भेटिए तिनिहरुलाई छोड्दीन ।

माओवादी केन्द्रको नेतासमेत रहनुभएका मन्त्री शर्माले विद्युत चोरी नियन्त्रणमा आफुहरु पुर्णरुपले लागीपरेको बताउनु भयो। उहाँले भन्नु भयो, विद्युत चोरी गर्ने जो कोही पनी कारवाहीमा पर्छन, ।

पुर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगरमा आई पुग्नुभएका मन्त्री शर्माले थप विद्युत उत्पादन गर्ने योजनाअनुरुप सरकारले कामगरीरहेको बताउनु भयो ।

कार्यक्रममा पाटि कार्यकर्ताहरूको  पनि उपस्थिति रहेको
थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.