Websoft University

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना नेता कार्यकर्तालाई जनतामा जान निर्देशन



काठमाडौं, मङ्सिर २८ गते। फायल फोटो-
प्रधानमन्त्री तथा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले संस्थागत गरेका परिवर्तनका मुद्धाहरु जोगाउन जनतामा जान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सोमबार माओवादी केन्द्र प्रदेश नम्वर तीनका नेता, कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । उनले भने आज माओवादी आन्दोलन केही कमजोर भएको देखेर यी सबै उपलब्धिलाई उल्टाउन खोजिँदैछ ।

त्यसका लागि जनतालाई भ्रम पार्न खोजिँदैछ । त्यसैले परिवर्तनलाई जोगाउन अब हामी सबै जनतामा जाऔं ।’ माओवादीहरुबीच फेरि पनि एकताको आधारमा बन्दै गएको भन्दै प्रचण्डले थपे, – ‘माओवादीहरु बिभाजित हुँदा प्रतिगामीले टाउको उठाए, अब नयाँ शिराबाट माओवादी आन्दोलन ध्रुवीकरण हुन्छ ।

त्यसको गृहकार्य भइरहेको छ । तपाईहरु पनि जनतामा गएर एकता र जनसेवाको वातावरण निर्माण गर्नुहोस् ।’ प्रशिक्षण कार्यक्रममा बैशाखको पहिलो हप्ताभित्रै स्थानीय निर्वाचन गर्ने तयारीमा सरकार रहेको प्रचण्डले बताए । प्रशिक्षणमा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, वर्षामान पुन ‘अनन्त’, हरिबोल गजुरेल, अग्नि सापकोटा, दिनानाथ शर्मा, हितमान शाक्य, पम्फा भुसाल, लोकेन्द्र बिष्ट लगायतको उपस्थिति थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.