Websoft University

चार सय २० शिक्षक अस्थायी


इलाम, मङ्सिर २९ गते । इलामका अस्थायी शिक्षकमध्ये सुविधासहित स्वेच्छिक अवकाश लिनेभन्दा आन्तरिक प्रतिस्पर्धा गर्नेको सङ्ख्या बढी भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुुसार जम्मा चार सय २० अस्थायी शिक्षकमध्ये दुईसय ६० जनाले आन्तरिक प्रतिस्पर्धाका लागि फाराम भरेको र बाँकी एकसय ६० जनाले मात्र सुविधा लिएर अवकाश रोजेका हुन् ।

जिल्ला शिक्षा कार्यालय, विद्यालय प्रशासन शाखाका प्रमुख डम्बरबहादुर सुवेदीका अनुसार विसं २०४९ सालभन्दा पहिलेका शिक्षकले बढी मात्रामा स्वेच्छिक अवकाश रोजेको र आन्तरिक प्रतिस्पर्धामा कम मात्र जान चाहेको देखिएको छ । “प्रतिस्पर्धामा जान नचाहनेले मात्र स्वेच्छिक अवकाश रोजेका हुन्”, सुवेदीले भन्नुभयो, “तर २०४९ भन्दा पछिका शिक्षकले भने प्रतिस्पर्धामा जान चाहेकाले प्रतिस्पर्धीको सङ्ख्या स्वेच्छिक अवकाश लिनेभन्दा बढेको हो ।”

शिक्षा ऐन–२०२८ को आठौँ संशोधनले अस्थायी शिक्षकलाई स्वेच्छिक अवकाश या आन्तरिक प्रतिस्पर्धामध्ये कुनै एक विकल्प रोज्ने मौका दिएको थियो । पाँच देखि १० वर्षसम्म कार्यरत अस्थायी शिक्षकले बर्षको आधा महिना बराबरको तलब अन्त्य समयमा पाउनेछन् ।

त्यस्तै, १० देखि १५ वर्षसम्म अस्थायी रुपमा पढाएका शिक्षकले एक महिनाको दरले तलब सुविधा पाउने व्यवस्था छ । १५ वर्ष वा सोभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षकले आखिरी समयमा प्रतिबर्ष डेढ महिनाको तलब सुविधा पाउनेछन् ।

नियमावली तयार भएपछि अन्य सुविधा पनि दिने प्रावधान रहेको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.