

बेलबारी, मङ्सिर २९ गते ।
चासोक तङनामको अवशरमा सुनसरीको बक्लौरी ८ मा रहेको राष्ट्रिय सम्मानित ईमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानद्धारा आयोजित अन्तरधार्मिक राष्ट्रिय साँस्कृतिक महामेला मंगलवार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालमा रहेका १६ वटा जातिको साँस्कृतिक झाँकीको प्रस्तुति गरिएको थियो । कार्यक्रममा चेपाङ, मेचे, देउडा,दनुवार,कोचे,सतार,झाँगर,नेवार,धिमाल,मगर,मुसलमानबालन,साकेला,च्याब्रुङ,धुम्रा नाचको प्रर्दशन गरिएको थियो । देउडा नाचका लागि कालीकोट र चेपाङ नृत्यका लागि मकवानपुरबाट सहभागी भएका थिए ।
नेपालमा बसोवास गर्ने विभिन्न जातजातिहरुको धर्म सँस्कार र साँस्कृतिक जर्गेना गर्ने उद्धेश्यले संचालन गरिदै आएको प्रतिष्ठानका अध्यक्ष राजेश लिम्बूले बताए । त्यसका संगसंगै प्राकृतिक रुपमा सुन्दर रास तालको प्रवद्र्धनमा समेत टेवा पुगोस् भन्ने हेतुले वृहत कार्यक्रमको आयोजना गरिएको
थियो ।
Post a Comment