Websoft University

संविधान संशोधनले टुक्रिएको मगरातको आंशिक माग पुरा: मगर संघ अध्यक्ष



बेलबारी, मङ्सिर २९ गते ।
नेपाल मगर संघ मोरङ केन्द्रिय अध्यक्ष नविन रोकामगरले संविधानको संशोधन प्रस्तावबाट टुक्रिएको मगरातको सिमानामा आंशिक रुपमा भएपनि सुधार आएको बताएका छन् । मंगलवार मोरङको बेलबारीमा आयोजित पूर्वाञ्चल हुर्रा महोत्सवको अवशरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा मगरले बताएका हुन् ।


मगरातलाई योजना वद्ध टुक्राइएको थियो, त्यसलाई संविधान संशोधनको प्रस्तावले आंशिक रुपमा भएपनि फेरबदल गरेर जोडेको बताएका छन् । यद्यपी पहिचान, अधिकार विहीनको संविधान स्वीकार नगर्ने उनले बताए । त्यसैगरी नेपाल तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद मोरङका अध्यक्ष मनकुमार गुरुङले संविधान संशोधनले मगरातको एतिहाँसिक भूगोलको सम्मान गरेको बताएका छन् ।

पूर्वेली मगरहरुको मौलिक नृत्यको रुपमा रहेको हुर्रा नाचको विकास र प्रवद्र्धनका लागि आयोजित कार्यक्रममा मोरङ र सुनसरीका १३ वटा समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा लेटाङभोगटेनी ९ र १० को हुर्रा नाच समुह प्रथम भएका थिए । त्यसैगरी धरान नगरपालिकाको हुर्रा नाच समुह दोश्रो , किर्तीमान हुर्रा नाच समुह लेटाङभोगटेनी तेश्रो र टाँडी हुर्रा नाच समुह सान्तवना भएका थिए ।

 प्रतियोगितामा विजयीहरुलाई क्रमश १० हजार, ७ हजार, ५हजार र एक हजार पाँचसय नगद पुरस्कार , ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साँस्कृतिक सँस्थानका महाप्रवन्धक राजेश थापामगर रहेका थिए ।

कार्यक्रम टीकाराम मगर र टेकराज एक्चाई मगरको संचालन तथा शंभु रानामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.