Websoft University

विभिन्न ठााउमा भएको आगलागीबाट दश लाख भन्दा बढीको क्षति



झापा, मंसिर २८ गते। फोटो फाएलबाट-
झापाको डाँगीबारी ८ दिपेन्द्र अधिकारीको घरमा अस्ति   सोमबार आगलागी भएको थियो। अधिकारीको घरमा साँझ
५ बजेतिर अचानक आगलागी भएको हो।

आगोले उनको टिनले बनेको घर, नगद पचपन्न हजार, सुन ४ तोला र चाँदी २ तोला जलेको बताइएको छ। आगलागीबाट अन्दाजी दश लाख बराबरको क्षति भएको अनुमान छ। आगो स्थानीयबासी र प्रहरीको प्रयासमा साँझ ६ बजे नियन्त्रणमा आएको छ।

त्यसैगरी संखुवासभाको चैनपुर नगरपाला ११ स्थित लोक बहादुर तामाङ्गको गोठमा गएराती अचानक आगलागी हुँदा उनको अन्दाजी ४० क्युवि फिट काठ र २ वटा सुँगुरको पाठा जल्दा ६० हजार बराबरको क्षति भएको छ।
आगो गाउँले मिलेर बिहान ४ बजे नियन्त्रण गरेका छन्।

त्यसैगरी हिजो बिराटनगर उपमहानगरपालिका ९ डाँफे चौकस्थित आज दिंउसो आगलागी हुंदा अन्दाजी सात लाख बराबरको क्षती भएको छ।

पशुपती पेन्ट्सको कार्यालय रहेको कोठा भित्र वेल्डीङ गर्ने क्रममा उक्त आगलागी भएको थियो। आगलागीबाट कोठा भित्र रहेको कम्प्युटर, AC लगायतका अन्य सर-सामान जलेर पुर्ण रुपमा नष्ट हुंदा अन्दाजी सात लाख बराबरको क्षती भएको हो। आगलागीबाट कुनै पनि मानबिय तथा चौपाया क्षती भएको छैन्।

उक्त आगो स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा दिंउसो १२:३० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.