Websoft University

सहकारीको साधारणसभा सम्पन्न


बिराटनगर, मङ्सिर २८ गते ।
राष्ट्रिय सहकारी बैङका केन्द्रिय अध्यक्ष रमेशकुमार पोखरेलले सहकारीको विस्वसनियता बढाउन गृहकार्य गरिरहेको बताउनु भएको छ ।

विराटनगरमा अस्ति २५ गते आयोजित गन्तब्य बचत तथा ऋण  सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभाको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । सहकारीको गरिमालाई कायम राखेर अगाडी बढ्न अब आबश्यक भइसकेको र त्यसका लागि आबश्यक गृहकार्य भइरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा गन्तब्य बचत तथा ऋण  सहकारीले २०६८ बाट २ लाख ५१ हजार १ सय शेयर पुजिबाट कार्यारम्भ गरेकोमा हाल २०७२ ÷ २०७३मा आइपुग्दा २ करोड ,३ लाख ९८ हजार ४ सय ३९ रुपैयाको कारोबार गर्न सक्षम भएको जानकारी दिइयो ।

कार्यक्रममा  सहकारीका अध्यक्ष भैरवप्रसाद रिजाल,सचिव चेतनाथ निरौला,कोषाध्यक्ष फडिन्द्र अधिकारी,सेयर सदस्य सरु केसी ,दिनेश श्रेष्ठ लगायतका बक्ताहरुले आ आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.