सोलुखुम्बु, मंसिर २४ गते।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा बिहिबार आगलागीबाट तीन घर घर जलेका छन्।
दुधकुण्ड नगरपालिका ५ बस्ने बिराज तामाङको घरमा अपरान्ह ४ बजे अचानक ग्याँस सिलिण्डर लिक भई अचानक आगलागी भएको थियो।
तामाङको घरबाट शुरु भएको आगलागीबाट छिमेकी चन्द्र कुमारी राई र सरण राईको घर समेत जलेको हो। आगो नियन्त्रण गर्न एक घर भत्काइएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको छ।
Post a Comment