Websoft University

सिरहा र तेह्थुममा दुई जना मृत फेला



विराटनगर, मंसिर २० गते।
सिरहा र तेह्रथुम जिल्लामा सोमबार दुई जना मृत् अवस्थामा फेला परेका छन। सिरहाको गोलबजार नगरपालिका ६ स्थित हाटमा रहेको टहरामा स्थानिय अन्दाजी ४२ बर्षका शिबजी साह सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन।

 हाटबजार आउने मानिसले विहान ०७;३० बजेतिर साहलाई मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय लहानबाट प्रहरीको टोली खटिगई शव पोष्टमार्टमको लागी लहान पठाई घटनाबारे अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका ८ स्थित बाँस झ्याङमा स्थानीय अन्दाजी ५४ बर्षिय भल बहादुर बरुवाल मृत भेटीएका छन्। आइतबार घरबाट हिडेका बरुवाल फर्कि नआएपछि खोजी गर्नेक्रममा सोमबार बिहान उनको शव बाँझ झ्याङ मुनि फेला परेको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट टोली खटिगई अनुसन्धान शुरु गरिएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.