Websoft University

धार्मिक तथा जातीय दंगा मच्चाएर नयाँ धर्म भित्राउने योजना : खाती



सुनसरी, मंसिर २० गते ।
संघीय जनता पार्टी राजावादीका सहमहामन्त्री रामकुमार खातीले  हिन्दुधर्म र राजसंस्थाको अन्त्य गर्न पश्चिमा देशहरु लगिपरेको आरोप लगाउनु भएको छ ।

ग्रामिण समाजसेवा केन्द्र सुनसरीले हिजो बेलुकी दुहवी भलुवा नगरपालिका स्थित प्राष्टोकी २ मा गरेको  रामजानकी विवाह उत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

देशको मूख्य मेरुदण्डमा प्रहार गरेर नेपालको पहिचान मेट्ने कार्यमा लागेका केही व्यक्तिहरुका कारण देश गम्भिर मोडमा पुगेको सहमहामन्त्री खातिको भनाइ थियो ।  पस्चिमाहरुले पैसाको प्रलोभनमा पारेर केही मतियारहरु तयार गरेको र देशको अस्मिता लुट्ने प्रयास भइरहेको आरोप उहाँले लगाउनु भयो । महामन्त्री खातिले जातियराज्यमा देशलाई बाढ्ने र धार्मिक तथा जातीय दंगा मच्चाएर नयाँ धर्म भित्राउने योजना भएको भन्दै सवैमा सचेत रहन आग्रह गर्नु भयो ।

जातअनुसार राज्य वाढ्दै हिड्ने हो भने नेपालमा रहेका १सय २३ जातलाई राज्य दिन आबश्यक रहेको बताउनु भयो । नेपालको संस्कृति,भेष,भुषा माथि राजनीति भइरहेकाले यसको जगेर्नामा सवै सजग रहन आग्रह गर्नु भयो । कार्यक्रममा स्थानीय प्रदिपकुमार चौधरी,खेमनारायण चौधरी,मीलिराम चौधरी,बद्रिनारायण चौधरी,विकासराज भण्डारी, लगायतका बक्ताहरुले आ आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो ।

विविध सांस्कृतिक कार्यक्रम

ग्रामिण समाजसेवा केन्द्र सुनसरीले हिजो दुहवी भलुवा नगरपालिका स्थित प्राष्टोकी २ मा गरेको रामजानकी विवाह पंचमी उत्सवमा  थारु समुदायले विविध सांस्कृतिक कार्यक्रम गरेका छन् । थारु महिला तथा पुरुष समूहले गरेको कार्यक्रममा महिलाहरुले झाम्टा तथा पुरुषहरुले विभिन्न सांस्कृतिक नाच देखाएका थिए ।

चाँदीका गहनाहरु हसुली, नथिया, टडिया, गुडहुला तथा झोवा थैली लगाएका थारु महिलाहरुले झाम्टासहित नृत्य देखाएका थिए । सो अवसरमा  सुनसरीका विभिन्न स्थानका कलाकारहरुको बिशेष प्रस्तुति रहेको दिपा विश्वासले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.