वीरगन्ज, मंसिर २० ।
सीमावर्ती भारतको खमिया गाउँबाट अवैधरुपमा तस्करी गरी नेपालतर्फ ल्याइँदै गरेको करोडौं मूल्य बराबरको मासको दाल सोमबार बिहान पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारत, पश्चिमी चम्पारनको खमिया गाउँको बाटो हुँदै ६ ओटा भारतीय नम्बरको ट्याक्टरमा अवैधरुपमा ल्याइँदै गरेको एक करोड रुपैयाँभन्दा बढी मूल्यको १३ सयओटा बोरामा रहेको ४० हजारकिलो दाल प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्साका प्रहरी उपरीक्षक गोविन्द शाहको नेतृत्वमा गएको टोलीले जिल्लाको जानकी नगर–९ बाट सो दाल नियन्त्रणमा लिएको हो ।
यति ठूलो परिमाणको दाल कसले ल्याएको हो भन्ने खुलेको छैन ।
Post a Comment