बिराटनगर, मङ्सिर २७ गते ।
सिचाई मन्त्री दिपक गिरीले देशभरका किशानको सिचाई सुविधा उपलब्ध गराउन नयाँ कार्यक्रम ल्याउने बताउनु भएको छ । प्रेश युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै मन्त्री गिरीले केही हप्तामै सिचाईका विशेषज्ञहरुको सम्मलीत टोली गठन गरेर सिचाई सम्बन्धी नयाँ कार्यक्रम कस्तो ल्याउने भन्ने तयगर्ने बताउनु भयो ,। उहाँले भन्नुभयो,‘ जता हेर्यो ततै तत्कालै काम थालीहालौ जस्तो लाग्छ ,।
उहाँले देशका विभिन्न सिचाईका असुविधा भएका ठाउहरुमा सिचाईका कार्यक्रम पुर्याउने सरकारको लक्ष्य भएको बताउनु भयो । उहाँले मोरङका केही नहर र खोलालाई व्यवस्थीत गर्न कार्यक्रम समेत ल्याइने बताउनु भयो । मन्त्री गिरीले सिचाईको अधिनमा रहेको जमिन विभिन्न साधु सन्तको नाममा उपयोग भईरहेको बताउदै त्यस विषयमा क्याविनेटमा कुरा उठाउने बताउनु भयो । उहाँले भन्नु भयो,‘ सुनसरीमा १३ विघा जमिन विभिन्न साधुले उपभोय गरेका छन, त्यसको विषयमा म क्याविनेटमा कुरा उठाउछु ,।
उहाँले संविधान कार्यान्वयन गर्न सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । कसैपनी मेरो गेरुको बरैटक्का गरे राजनीतिक निकास ननिस्कीने उहँँको भनाई थियो । सो पत्रकार सम्मेलनमा नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाली काग्रेस मोरङका सचिव मोदराज घिमीरे लगायतको सहभागिता रहेको थियो ।
Post a Comment