Websoft University

पुष्पा बस्नेतले जितिन् सीएनएन ‘सुपर हिरो’को उपाधि, नेपालभर छायो खुशीयाली





काठमाडौं, मङ्सिर  २७ गते ।
नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जितेकी छिन् । २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड जितिसकेकी बस्नेतले फेरी दोस्रो पटक जितेकी हुन् । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो ।

बस्नेतले चार सिएनएन हिरोलाई पछि पार्दै सुपर हिरो अवार्ड जितेकी हुन् । सिएनएन सुपर हिरोका लागि बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए ।

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गर्दै आईरहेकी छिन् ।

सुपर हिरोका लागि बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए ।

सिएनएनले सोमबार बिहान एक विशेष कार्यक्रमका बिच बस्नेतलाई सुपर हिरो घोषित गरेको हो । बस्नेतले अवार्डसँगै ५० हजार डलर पुरस्कार पाएकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.