Websoft University

एमाले नेता, कार्यकर्ता आज प्रहरी नियन्त्रणमा


धनगढी, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रोक्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलालीका अध्यक्षसहित ७० जनाभन्दा बढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली सदरमुकाम धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री आउनैलाग्दा उनलाई रोक्न सडकमा प्रदर्शनमा उत्रिएका एमाले नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, सचिव रणबहादुर चन्द, नेता यज्ञराज बास्तोला युवा संघ नेपालका केन्द्रिय सदस्य मदन रेग्मी, अनेरास्ववियुका कैलाली अध्यक्ष चुडामणी भट्टसहितका ७० जना भन्दा बढी नेता कार्यकता पक्राउ परेका हुन् । उनीहरु जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन् ।
धनगढी बन्द आह्वान गर्दै महोत्सव स्थल बाहिर टायर बाल्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । एमालेले बुधबार धनगढी बन्दको आह्वान गरेको छ ।
एमालेको बन्दैसँगै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.