Websoft University

संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा


झापा, मंसिर २२ – संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बूवान पार्टी नेपालले आम हड्ताललगायतका आन्दोलनका कार्यक्रम शान्तिपूर्ण बनाउने तीन बुँदे सहमति गरेको छ ।

संवाद समूहको सचिवालय विर्तामोडमा बुधबार झापाका नागरिक समाज तथा मानव अधिकारकर्मीसँगको छलफलमा सङ्घीय लिम्बूवान पार्टी नेपालले त्यस्तो सहमति जनाएको
हो ।

सहमतिअनुसार पार्टीको मङ्सिर ३० गतेको आम हड्ताल तथा आन्दोलनका सबै कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाई हड्तालका समयमा मोटरसाइकल, दूध, चियापत्ती, सब्जी, प्रेस, चिकित्सक, औषधि, विवाह, मलामी, शव बाहन, एम्बुलेन्सजस्ता अत्यावश्यकीय सवारीका साधन तथा सेवालाई निर्वाध सञ्चालन गर्न दिने सहमति भएको जनाएको छ ।

त्यस्तै शिक्षण संस्थालाई बन्दमुक्त राख्ने तथा परीक्षाको अवधिलाई सहज बनाउने विषयमा नागरिक समाज र अधिकारकर्मीले गरेको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गर्दै लिम्बूवान पार्टीले उचित निर्णय गर्ने सहमतिसमेत भएको छ ।

छलफलमा पार्टीका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुवा, केन्द्रीय सदस्य टेकबहादुर खजुमले आन्दोलनका कार्यक्रमबारे जानकारी गराउँदै छलफलपछि सहमतिमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाका सभापति रुपक खनाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल शिक्षक महासङ्घका सचिव उमेश साह, विर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठ, उद्यमी महिला महासङ्घकी अध्यक्ष पार्वता विमली, उपभोक्ताहित संरक्षण मञ्चकी सहसचिव उर्मिला खरेल, वीरता जेसिजका कार्यकारिणी उपाध्यक्ष वीरबहादुर दर्नाललगायतले आन्दोलनलाई शान्तिपूर्ण बनाउँदै जनजीवनलाई सहज बनाइदिन आग्रह गर्नुभएको थियो ।

लिम्बूवानले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव अव्यावहारिक र एकपक्षीय भनी असन्तुष्टि जनाएको छ । पार्टी अध्यक्ष पालुङ्वाले– ५ नं प्रदेशपछि झापा, मोरङ सुनसरीलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसमा यस क्षेत्रका नागरिक सचेत हुनुपर्ने बताउनुभयो । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.