युवराज ठकुरी/सिंहदेवी,मोरङ मङ्सिर २३ गते ।
मोरङ सिंहदेवी -२चिसापानीका मन्जिल लिम्बूका चार वर्षीय छोरा पुष्पन लिम्बूको देब्रे मृगौलामा समस्या देखिएर अस्पतालमा भर्ना भएपछि परिवारले उपचार खर्च जुटाउन आर्थिक सहयोगका लागि अपील गरेका छन्।
सानैदेखि स्वास्थ्यमा समस्या देखिदै आएकाले अध्ययनको शुरूवात गराउन नपाउदै स्वास्थ्यमा अझ गम्भीर स्थिति देखा परे पछि विराटनगरका विभिन्न अस्पताल चहार्दा पनि रोग पत्ता नलागे पछि घोपा क्याम्पमा उपचार गराउदा देब्रे मृगौलाले ११प्रतिशात मात्रै काम गरेको कुरा डाक्टरले गरे पछि काठमाडौ टिचिङ अस्पतालमा उपचार पछि,अप्रेसन गर्दा कतै किड्नी बचाउन सकिन्छ कि भन्ने डाक्टरको सल्लाहले पहिलो अप्रेसन सकिएको विरामीका बुबा मन्जिल लिम्बूले बताए।
अप्रेसन पछि मृगौलामा सुधार आएमात्र देब्रे मृगौला बचाउन सकिने,सुधार नआए मृगौला फाल्नु पर्ने कुराले चिन्तित बनेका बुबा मन्जिल उपचारका क्रममा ४/५लाख सकिएको र अझै निकै रकमको आवस्यकता भएकाले सम्पुर्ण मानवीय सहयोगमा लाग्नुहुने सहयोगीमनहरुलाई आर्थिक सहयोग गर्न अपील गरेको बताउछन्।
सामान्य बिराम मात्रै भएको भए आर्थिक सहायता अपील नगर्ने मनस्थिति बनाएका मन्जिल डाक्टरको कुरा सुने पछि छोराको देब्रे मृगौलाले काम नगरेको थाहा पाए पछि आफ्नो आर्थिक अबस्थाले उपचार गराउन असमर्थ हुने भएपछि सहयोगको अनुरोध गरेको बताउछन्।
चार वर्षीय बालक पुष्पन लिम्बूको उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुका लागि पुष्पनका ठुलोबुबा यमन मुसङको नाममा रहेको विराटलक्ष्मी बैंक खाता नम्बर ०१००११०००४२८५७०००००१ र ९८०४३८१७४२वा सन्चारकर्मी युवराज ठकुरीलाई९८१४३७७४७७मा सम्पर्क गरि बालकको उपचार खर्च जुटाउन सहयोग गर्न सकिने परिवारले बताएका छन् ।
Post a Comment