Websoft University

भारतीय राजदूत रणजित रायलाइ देश निकाला गर्न माग


काठमाडौं, मङ्सिर १५ गते । 
नेपाल मजदुर किसान पार्टीले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई देश निकाला गर्न माग गरेको छ ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै उक्त पार्टीका सांसद प्रेम सुवालले रायले नेपालको संविधान अपूर्ण रहेकाले सच्याउनुपर्ने बताउँदै हिँडेकाले उनलाई भारत फर्काउन माग गरे ।

राजधानीको एक होटलमा केही दिनअघि भएको कार्यक्रममा रायले नेपालको संविधान अपूर्ण रहेकाले संशोधमार्फत सच्याउनुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएकाले देश निकाला गर्नुपर्ने उनको भनाइ थियो ।

‘भारतीय राजदूत रणजित रायले नेपालको संविधान समावेशी नभएको बताएछन्’, सुवालले भने, ‘रायलाई तत्काल देश निकाला गर्न सम्बन्धित पक्षसँग माग गर्छु ।’

भारतीय योग गुरु रामदेवले नेपालको सत्तापक्ष र प्रतिपक्ष नेतालाई योग प्रशिक्षण दिएकोमा समेत सुवालले आपत्ति जनाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.