Websoft University

सुनको भाउ अझै घटन सक्छ


काठमाडौ, मङ्सिर १३ गते ।
न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा शुक्रवार बहुमूल्य धातु सुनको भाउ घटेर ९ महीनाकै न्यून बिन्दुमा ओर्लिएको छ । अमेरिकामा ब्याजदर बढ्ने अपेक्षामा डलर सुदृढ बनेपछि लगानीकर्ताहरूले आफूसँग रहेको सुन धमाधम बेच्दा सुन दबाबमा आएको  हो । शुक्रवार न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा शुरूको कारोबारमा उकालो लागेको स्पट गोल्डको भाउ बिहानीपख भने घट्न थालेको थियो । उक्त दिनको कारोबार प्रतिऔंस १ हजार १ सय ९२ डलर ६४ सेण्टसम्म पुगेको सुनको भाउ १ हजार १ सय ७१ डलर ९४ सेण्टको न्यून बिन्दुसम्म आएको थियो । यो फेबु्रअरी ८ यताकै न्यून बिन्दु हो ।

यद्यपि, बजार बन्द हुँदा भने स्पटको भाउ केही सुध्रँदै प्रतिऔंस १ हजार १ सय ८३ डलर ६६ सेण्ट कायम भएको थियो । शुक्रवारको कमीेसँगै यस महीना सुनको भाउ करीब ७ प्रतिशतले घटिसकेको छ भने यो सन् २०१३ को जुनयताकै पहिलो तीव्र मासिक कमीतर्फ उन्मुख भएको छ । शुक्रवारको कारोबारमा फेबु्रअरी ५ यताकै न्यून बिन्दु प्रतिऔंस १ हजार १ सय ७० डलर ३० सेण्टमा आएको डिसेम्बर डेलिभरीको यूएस् गोल्ड फ्युचर्स बजार बन्द हुँदा १ हजार १ सय ८३ डलरमा किनबेच भएको थियो । ‘सुनको भाउ प्रतिऔंस १ सयभन्दा तल आएपछि सस्तोमा किनेर बढेको बेलामा बच्नेहरूको सङ्ख्या केही बढेको भए पनि लगानीकर्ताहरू सुनमा लगानी गर्नबाट पछि हटिरहेका छन्,’ कमर्ज बैङ्कका विश्लेषक युगेन वेइनबर्गले भने ।

‘सुनको भाउ शेयरबजार, मुद्रा बजार र अमेरिकी ब्याजदर उच्च रहने अपेक्षालगायत विभिन्न तŒवहरूले डो¥याइरहेको छ,’ अझ अगाडि उनले भनेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेयता शेयरबजार उकालो लागिरहेको छ । डिसेम्बरमा अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’ले ब्याजदर बढाउने अपेक्षा बढिरहेको छ । यसले डलरको भाउ थप बढाउने र अन्य मुद्राधारीहरूका लागि सुनलगायत कमोडिटिज झनै महँगो बन्ने विश्लेषकहरूले बताएका छन् । अक्टोबर शुरू भएयता मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचक ६ प्रतिशतले बढिसकेको छ । एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.