Websoft University

माओवादीद्धारा दुुगडको सुनबर्षिमा १२५ बिगाहा जग्गा कब्जा



विराटनगर मंसिर १० गते ।
नेपाल कम्युनिष्ट पार्टि माओवादी मोरडले आज मोरडको गोविन्दपुरको सुनबर्षि रहेको किशानलाल दुगडको १२५ बिघा जग्गा कव्जा गरेको छ ।


विराटनगरमा आज पत्रकार सम्मेलनमा प्रेस बिज्ञप्तिि जारी
गदै सो बारेमा जानकारी गराइएको हो । गरिव जनताले उपभोग गदै आएको जग्गामा भुमाफिया संघ मिलेर पुन
 दुगडले लगेको आरोप लगाउदै उक्त जग्गा कव्जा गरेको पत्रकार सम्मेलन मा जानकारी गराइएको छ ।

पार्टिको केन्द्रिय निर्णयको समर्थनमा जग्गा कब्जा गरिएको माओवादीका जिल्ला सेक्रटरी पुस्कर द्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लामो समय सम्म भुमिहिनहरुले उपभोग गदै आएको सो जग्गा यस अगाडि माओवादी शान्ति प्रक्रियामा आउनु भन्दा अगाडि पनि माओवादीले कब्जा गरेको थियो ।

गरिव जनतालाई माथि उठाउन त्यस बेला मोरङमा माओवादीले करिब १२०० बिघा जग्गा कब्जा गरेकोमा दलाल सग मिलेर ठुुलो रकम लिदै केहिले फिर्ता गरेको माओवादीले आरोप लगाएकोछ ।



हाल माओवादीले आफना विभिन्न कार्यक्रम सन्चालन गर्दै
आएको छ।

अहिले राष्ट्रकालागि युवा अभियान भन्ने नाराका साथ बाल पेन्टिङ सुरू गरेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.