Websoft University

अमेरिकाको ४५ औँ राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प बिजयी



न्युयोर्क,  कात्तिक कात्तिक २४ गते ।
सर्वेक्षण परिणाम र अनुमानलाई गलत साबित गर्दै सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।

उनले अनपेक्षित परिणाम ल्याएर डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन्। राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले त्यति मत प्राप्त गरिसकेका छन्।

पछिल्लो परिणामअनुसार विस्कन्सिनमा जितेपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका हुन्। निर्वाचनमा क्लिन्टनले २१८ र ट्रम्पले २७८ मत प्राप्त गरेका छन् । बाराक ओबामाले चार वर्षअघि जितेका केही ठूला तथा मझौला ठूला राज्यहरु फ्लोरिडा, ओहाहियो, पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा जितेपछि ट्रम्पको जित सुनिश्चित भएको हो।

अमेरिकाका ठूलाठूला सहरमा मतदाताले क्लिन्टनलाई मत दिए पनि ग्रामिण इलाकामा मतदाताले ठूलो संख्यामा ट्रम्पलाई भोट दिएको पछिल्ला सर्वेक्षणले जनाएका छन्।

त्यस्तै, कलेज पढेका, महिला तथा अल्पसंख्यकले मुख्यत: हिलारीलाई भोट दिए पनि गोरा अमेरिकी पुरुष, त्यसमध्ये पनि कलेज नपढेकाहरुले ठूलो संख्यामा ट्रम्पलाई भोट हालेपछि उनको जित सुनिश्चित भएको मानिएको छ।\\

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.