विराटनगर कात्तिक २४ गते।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका विवादास्पद कार्यालय प्रमुख दिनेश यादवले अधिकारको दुरुपयोग गर्दै एक कर्मचारीलाई करारमा नियुक्त गरेका
छन् ।
क्षेत्रीय प्रमुखको अधिकार क्षेत्र भित्र नपर्ने पदमा
उनले नियुक्ती दिएर झापा स्थित निगमको चारआली डिपोमा पठाएका हुन् । मोरङ बेलवारी घर भएकी इन्दिरा दाहाललाई यादवले वरिष्ठ सहायक ५ औं तहमा एक वर्षकालागि सेवा करारमा नियुक्त गरेको पत्र दिएका छन् ।
त्यसको जानकारी चारआली स्थित डिपोमा पनि पठाएका
छन् । कानुन विपरित नियुक्त गरी हाजिर गर्न दाहाललाई
झापा पठाएपनि चारआली डिपोले उनलाई हाजिर नगराई फर्काइदिएको छ । निगमका कार्यकारी निर्देशक गोपाल
बहादुर खड्काको निर्देशनमा यादवले दाहाललाई करार सेवामा नियुक्त गरेको बताइएको छ ।
Post a Comment