Websoft University

अटुट विश्वासले भरिएको मन।



बिराटनगर, कात्तिक १७ गते ।
"रामबहादुर"
पहाडको पवनले स्पर्शी पाइला
तराईको सम्म फाँटमा बजार्दै
सिङ्गो देश काँधमा टेकाएर
शिखर तर्फ लम्कन चाहन्छ, रामबहादुर
पोलिरहन्छ हरक्षण अभावको पिडाले
अटुट विश्वासले भरिएको मनमा
भूइंचालोको झड्का झैं तर्साईरहन्छ

रामबहादुरलाई, उसकै रगतको असम्मानल ।।
फुर्सद छैन कति पनि भ्याइनभ्याई छ
इतिहासको पाना पल्टाउन,
छिर्छ गल्ली-गल्ली
राजनैतिक पुस्तक बोकेर हातमा
शल्यक्रियामा व्यस्त डाक्टर जस्तै
खोतलखातल पार्छ समाजको कमजोरी र
सवाल उठाउँछ रामबहादुर,
सिङ्गो राष्ट्रको हितमा ।।

कतिञ्जेल उफ्रन्छ र खहरे, वर्षाको आडमा
एकदिन त निदाउँछ अनि
बादल हराएको आकाश जस्तै
छर्लङ्ग निलो स्वरुप धारण गर्नेछ नदिले,
नजरअन्दाज गर्दै विरोधीलाई
रोक्दैन पाइलाहरु बगिरहन्छ नदिसरी
रामबहादुर पनि त्यही आसमा ।।

गर्दैछ संघर्ष
परिवर्तनका लागि, देश बचाउनका लागि
आफ्नै चाहत संग सम्झौता गर्दैछ
रामबहादुर, स्वाभिमान जोगाउनका लागि।।
उडाउँदैन उसका सपनाका जहाजहरु
भावनाको आकाशमा, व्यावहारिक छ
त्यसैले धकेलिँदै छ रामबहादुर
राजनीतिको भूलभुलैयामा ।।

शिरको चन्द्रसुर्य विश्वभर फहराउन चाहन्छ
टेकेर पहाडको अन्तिम बिन्दु सगरमाथा
नेपाली सान अन्तरीक्षमा छुवाउन चाहन्छ
एकसच्चा देशभक्त भएर,
अब रामबहादुर उदाउन चाहन्छ ।।
#सविता-भण्डारी
विराटनगर
 २०७३/०७/१७

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.