Websoft University

११० बर्षकी तिलोत्तमा पोखरेलले आफ्ना दुई भाइलाई हिजो टिका लगाइदिनु भयो।




बिराटनगर, कात्तिक  १७ गते । मोरङको सुन्दरदुलारी नगरपालिका वडा नम्बर ६ की ११० बर्षकी तिलोत्तमा पोखरेल आफ्ना दुई भाइलाई टिका लगाइदिन आतुर थिइन् ।  मध्यान्हको साइत पर्खेर बसेकी उनी बल्लबल्ल कान्छो भाइ ८६ बर्षिय तारानाथ कोइराला आइपुगेपछि हर्षित भइन् । धरानबाट कान्छो भाइ दिदीको हातको टिका लगाउन बलिया पुगेका थिए ।

जीवित मध्येका अर्का साइँलाभाइ ९७ बर्षका मेघनाथ कोइराला स्वास्थ्यका कारण आउन सकेनन् । यस पटक दिदी तिलोत्तमाले पनि गत बर्ष जस्तो भाइलाई तेलपानीले छेक्न सकिनन् । ज्वरोका कारण अलि कमजोर बनेकी दिदीले टिका, माला लगाइदिइन् । कमजोरीका कारण उनका हातलाई अरुले केही सहारा दिए । भाइलाई उपहार दिइन् । भाइले पनि दिदीलाई टिका लगाएर दक्षिणा दिए र ढोगी दिए ।

सोलुखुम्बुको सोप्ताङा विस १९६४ असार २१ मा जन्मिएकी तिलोत्तमाको विवाह खोटाङ खार्पाका काशिनाथ पोखरेलसँग भएको थियो । १५ बर्षको उमेरमा विवाह भएकी उनी ९० सालको भुइँचालो प्रष्ट थाहा पाउछिन् ।


दुई छोरी र एक छोरालाई जन्म दिएपनि उनका छोरा बर्ष दिनमै खसे । दुई छोरी मध्ये अहिले जेठी छोरीकी साईली छोरी(नातिनी)सँग बसिरहेकी उनलाई विराटनगरमा भएको जेष्ठ नागरिक अभिनन्दन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान समेत गरिन् । सामान्य दालभात र दुधदही मात्र खाने तिलोत्तमाले अहिलेसम्म एलोपेथिक औषधि खाएकी छैनन् भने उनलाई एउटा सुई समेत लगाइएको छैन ।

नातिनी रमा र ज्वाइँ झनक खतिवडाले घरमा हेरविचार गरिरहेकी उनले कान अलिकम सुन्छिन् । नजिकै गएर अलि चर्काे स्वरमा बोलेपछि उनले ‘फलानो होइन?’भनेर ठम्याउने गरेकी छन् । उनका छोरीका छोरा नै ७६ बर्ष पुगि सकेका छन् । कान्छी छोरी देवी रेग्मीको निधन भइसकेको छ भने उनका छोरा सूर्य अधिकारी ७६ बर्षका छन् ।

नातिनी रमाले भनिन्, ‘अहिलेसम्म ओछ्यानमा दिशा पिसाब गर्नु भएको छैन । आयो भने राति नै भएपनि बोलाएर चर्पी नै जाने गर्नु भएको छ ।’ ओछ्यानमा बसेर खाना खान मान्नु हुन्न । नातिनिले खुट्टा छोयो भने पाप लाग्छ भनेर छुन दिन हुन्न । नङ काट्ने काम पनि आफैं गर्नु हुन्छ ।’

भाइका छोरा गणेश कोइरालाले तिलोत्तमा नेपालकै सबैभन्दा बढी बाँच्ने महिला भएको दाबी गरे । तर राज्यले पुष्टि नगरेकोमा उनको असन्तुष्टि थियो ।

एक सय १० बर्षकी बृद्धालाई राज्यले राष्ट्रिय नागरिक घोषणा गरि उहाको सम्मान गर्नु पर्ने माग उनको रहेको छ ।

उनलाइ सप्तरी प्रशासनले २०५१ सालमा नागरिकता दिएको छ । सप्तरी प्रशासनले १९६४ असार १ गते जन्मिएको प्रमाणित गर्दै वंशजको नागरिकता प्रदान गरेको छ । मोरङ र सुनसरीका एक दर्जन भन्दा बढी संघ संस्थाले उहालाई मुलुककै जेष्ठ नागरिक मान्दै सम्मान गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.