Websoft University

कात्तिक २५ गते सार्वजनिक बिदा होइन



काठमाडौ, कार्तिक २५ गते ।  सामाजिक सञ्जाल र केही अनलाइनमा चर्चा भएजस्तो बिहीबार सार्वजनिक बिदा नभएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको विज्ञप्ति नक्कली भएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो ।

‘सामाजिक सञ्जालमा चर्चा भएका विषय सबै सही हुँदैनन्, पन्थीले भने, ‘राजपत्रमा प्रकाशित नभएको बिदाका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ, बिहीबार कुनै बिदा छैन। सामाजिक सञ्जालमा भाइरल भएको गृह मन्त्रालयको विज्ञप्ति विज्ञान र प्रविधिको दुरुपयोगको उपज भएको पन्थीले बताउनुभयो ।

‘विज्ञप्तिमा हस्ताक्षर गर्ने कर्मचारी गृह मन्त्रालयमै हुनुहुन्नु, उनले भने, ‘उहाँको हस्ताक्षर तानेर दुरुपयोग गरेको थाहा भएको छ, त्यसको खोजी गर्दैछौं। प्रवक्ता पन्थीले बिहीबार किराँत धर्मावलम्बीका लागि मात्र बिदा भएको प्रस्ट पार्नु भएको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.