मोरंङ, कात्तिक २५ गते।
विराटनगर ३ स्थित सौगात मार्गमा सञ्चालित यस नेशनल किड्नी अस्पतालले आज पत्रकार सम्मेलन गरेर सजिलो,
सस्तो, सुलभ, तरिकाबाट बिरामीहरूको उपचार भइरहेको कुरा डा. सन्तोष कुमार झाले जानकारी गराउनु भयो।
विविध अन्यौलता बाबजुत विगत चार वर्षदेखि सञ्चालनमा रहँदै आएको यस नेशनल किड्नी अस्पतालले विभिन्न रोगबाट पीडित विरामीहरुको स्थास्थ्य उपचार सफलतापूर्वक गर्दैआएको जानकारी गराउँदछौं ।
अस्पताल सञ्चालनको चौथोवर्षसम्म आइपुग्दा स्वास्थ्य उपचारको क्षेत्रमा ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई पछ्याउँदै विभिन्न जटिल रोगको शल्यक्रिया गरि विरामीलाई सुलभ तरिकाले नयाँ जीवन दिइँदैआएका छौं ।
अस्पतालको कामलाई सफलतापूर्वक अगाडि बढाउन स्थानीय राजनीतिक दल, बुद्विजीवी, पत्रकार तथा नागरिक समाजको ठूलो सहयोग रहेको छ । संस्था स्थापनाको छोटो समयमा यहाँहरु सम्पूर्णले गरेको सहयोग प्रति हामी आभार व्यक्त गर्दछौं ।
पछिल्लो समय नेशनल किड्नी अस्पतालद्वारा निजी स्वास्थ्य संस्थातर्फ पूर्वाञ्चलमै पहिलोपटक विरामीको ट्युमर भएको पिसाब थैली फ्यालेर नयाँ पिसाब थैली बनाउन सफल भएको जानकारी यहाँहरुलाई गराउन पाउँदा हामी हर्षित छौं ।
मेडिकल भाषामा यसलाई Radical cystectomy with iliac lymphadectomy with neo bladder भनिन्छ । सप्तरी जिल्ला हनुमाननगर योगिनीमाई न.पा.
वाड नं. ४ का ४४ वर्षिय सुरेन्द्र मिश्र पिसाव थैलीमा भएको ट्युमरकै कारण प्रताडीत अवस्थामा थिए ।
२०६८ सालमा पिसाबबाट रगत आएपछि उपचारमा डौडिएका उनले यसअघि विराटनगर, धरानहुँदै भरतपुरसम्म उपचार गराउँदा पनि ठीक हुन सकेका थिएनन् । सामान्य पुजापाठको काम गर्ने मिश्रले उपचारको क्रममा विभिन्न ठाउँमा अप्रेसनसमेत गरेको भए पनि रोगको उचित पहिचान हुन नसक्दा सुधार आउन सकेको थिएन ।
आर्थिक अवस्था कमजोर भएका उनको उपचारको दौरानमा अत्याधिक रकम खर्चसमेत भइसकेको थियो । निजलाई अस्पतालको तर्फबाट दिइने छुट सेवा उपलब्ध गराई न्यून रकममा उपचार गरिएको जानकारी दिन चाहन्छौं ।
यस अस्पतालबाट नेपालकै पहिलो ल्याप्रोस्कोपिक पायलो प्लाष्टि सर्जरी, तीनवर्षको बच्चाको किड्नीमा भएको १६ एमएमको पत्थरीको शल्यक्रिया, जन्मजात एकैठाउँ किड्नी भएका व्यक्तिहरुको सल्यक्रिया लगायतका विविध समस्याहरुको सफल शल्यक्रिया गरिदै आएको जानकारी गराउन चाहन्छौं ।
यस किड्नी अस्पतालले प्रोस्टेट, किड्नी, मुत्रनली, मुत्रथैली तथा लिङ्गका विविध जटिल समस्याहरुको सफलतापूर्वक उपचार दैनिक गराउँदै आएको प्रेस विज्ञप्ति मार्फत तपाईं हरूलाइ जानकारीसमेत गराउन चाहन्छौं ।
Post a Comment