Websoft University

नियमित उडान सुरु हुँदै।



खोटाङ, कात्तिक २५ गते।
अवरुद्ध भएको ६ महिनापछि खोटाङको थामखर्क विमानस्थलमा नियमित उडान सुरु भएको छ । वर्षाका कारण गएको जेठ पहिलो हप्तादेखि बन्द रहेको विमानस्थलमा कात्तिक लाग्दा बुधबारदेखि नियमित उडान सुरु गरिएको
हो ।

वर्षा सुरु भएसँगै अवरुद्ध बनेको विमानस्थलमा नेपाल एयरलाईन्सले काठमाडौं–थामखर्क उडान सुरु गरेको थामखर्क विमानस्थलका स्टेसन इन्चार्ज नरेन्द्र उदासले बताउनुभयो ।

थामखर्क विमानस्थलमा नेपाल नागरिक उड्यान प्राधिकरणले हप्ताको बुधबार र शनिबार काठमाडौं–थामखर्क र थामखर्क–काठमाडौं गर्ने तालिका सार्वजनिक गरेको छ । केही समयपछि थामखर्क–विराटनगर र विराटनगर–थामखर्ककालागि पनि उडान तालिका थप गर्ने उदासले बताउनुभयो ।

उडान सुरु गरिएसँगै जिल्लाका दक्षिणी क्षेत्रका २० गाविससहित छिमेकी जिल्ला भोजपुरका केही गाविसका सर्वसाधरणलाई आवतजावतमा सहज भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.