Websoft University

विराटनगरमा थप ३ अर्ब २८ करोडको प्रोजेक्ट आउँदै



विराटनगर, कातिक ५ गते।
विराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा आएका दिपक कोइरालाले यो सहरलाई
सुखी नगरवासीलाइ खुसी र सफा बनाउने, सकेसम्म
राम्रो काम गर्ने बताएका छन् ।

कार्यभार सम्हालेपछि हिजो पहिलो पत्रकार सम्मेलन गर्दै उनले भने,‘म विराटनगरकैै हुँ र नगर बनाउने सपना बोकेर आएको छु, यसलाई जसरी पनि पूरा गराउने मेरो प्रतिबद्धता रहनेछ ।’

विराटनगर २ का स्थायी बासिन्दा कोइरालाले आफूले ठाउँ राजेरै विराटनगर आएको बताउँदै अहिले देखिएका सडक, ढल, सडक बत्ती आदि धेरै समस्याबारे आफू जानकारी भएको र यसलाई क्रमशः समाधान गराउने आफ्नो चाहना रहेको बताए ।

कोइरालाले भने,‘मलाई थाहा छ धेरै चुनौतीहरु छन् तर यसलाई सामना गर्ने आँट लिएरै म यहाँ आएको छु, विगतमा भएका कमीी कजोरी र गल्तीप्रति म उपमहानगरको तर्फबाट क्षमायाचना गर्दछु ।’

कोइरालाले एशियाली विकास बैंक अन्तरगत निर्माणतर्फ ६० प्रतिशत काम पुरा भएको र भुक्तानीतर्फ ५८ प्रतिशत प्रगति भएको जानकारी दिए । अब पुनः एसियाली विकास बैंकबाट आउने रकम अनुदान सहयोग हुने र त्यसमा उपमहानगरको दायित्व ७ प्रतिशतमात्रै हुने बताउँदै भने,‘अझै ३ अर्ब २८ करोडको प्रोजेक्ट आउँदैछ त्यो ऋण होइन सहयोग हुनेछ त्यसैले प्रोस्परस विराटनगर बनाउन गाह्रो छैन् ।’ जारी प्रोजेक्ट २ अर्ब ४३ करोडको ऋण हो ।

कार्यकारी अधिकृत कोइरालाले तत्कालका लागि सडकका खाल्डाखुल्डीको समस्या समाधान गर्न बाटोमा ड्रेसिंग गरेर सम्याउने काम हुने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.