Websoft University

हिन्दू महासम्मेलनमा कुटाकुट, भारतीय सांसद् विरूद्ध नाराबाजी



काठमाडौं, कात्तिक  ६ गते ।
काठमाडौंको बनकालीमा बिहीबार पूर्व राजा ज्ञानेन्द्रद्वारा उद्घाटन गरिएको विराट हिन्दू महासम्मेलनको बन्दसत्रमा असन्तुष्टि चुलिँदै जाँदा कुटाकुटको स्थिती सिजंना भएको छ । शुक्रबार राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा कुटाकुट सुरू भएपछि बाक्लो संख्यामा त्यहाँ प्रहरी खटाईएको छ ।

भारतीय जनता पार्टीका सांसद् समेत रहेका आदित्यनाथ योगी समेत सहभागी रहेको उक्त सम्मेलनमा योगीले नै बोलीरहेको बेलामा कुटाकुट सुरू भएको थियो ।

बन्दसत्रले अहिलेका संयोजकलाई नै फेरि अध्यक्ष बनाउन जवर्जस्ती गर्न थालेपछि राप्रपा नेपालको युवा दस्ता राष्ट्रिय प्रजातान्त्रिक युवा संघको टोलीले हात उठाएको थियो ।
त्यहाँका विक्रम पाण्डे भनिने एक कार्यकर्ताले सुरूमा हात हालेपछि स्थिती तनावपूर्ण बनेको थियो ।

अहिले त्यहाँ प्रतिनिधिभन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले भारतीय सांसद् योगी विरूद्ध चर्काे नाराबाजी समेत भईरहेको छ भने उनलाई बाहिर निकाल्नको लागि ठूलो संख्यामा प्रहरीको प्रयोग गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.