Websoft University

विराटनगरमा संजिवनीको शुभारम्भ, सञ्चारकर्मीलाई ५० प्रतिशत छुट



विराटनगर, भदौ २० गते । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ ।

सर्वसाधारण र विपन्न वर्गलाई लक्षित गर्दै अस्पताल सञ्चालनमा ल्याइको पत्रकार सम्मेलनको आयोजना गरी संजिवनी हस्पिटल एण्ड आई.भि.एफ. सेन्टरका अध्यक्ष राजकुमार मण्डलले जानकारी दिनुभएको छ ।
कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले रिवन काटी अस्पतालको शुभारम्भ गर्नुभएको हो ।



अत्याधुनिक उपकरण, दक्ष एवं विशेषज्ञ डाक्टर र अनुभवी कर्मचारीले अस्पतालमा सेवा पु¥याउने जानकारी दिइएको छ । अस्पतालले देशका विपन्नहरुलाई लक्षित गरेर पहाडी र ग्रामिण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने र सस्तो गुणस्तरीय उपचार सेवाका लागि प्रतिबद्ध रहेको जनाएको छ । अस्पतालले विपन्नलाई दिनुपर्ने दश प्रतिशत निःशुल्क उपचार गर्ने तथा सञ्चारकर्मीलाई उपचारमा ५० प्रतिशत छुट दिने जनाएको छ ।
अस्पतालमा गाइनो तथा प्रसूती, जनरल, मेडिसिन, हाडजोर्नी, नाक, कान, घाँटी, शल्यक्रिया, पेडियाट्रिक, रेडियोलोजी, प्याथोलोजी तथा २४ सै घण्टा इमर्जेन्सी सेवा सुचारु गर्ने अस्पतालका अध्यक्ष राजकुमार मण्डलले जनाउनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.