Websoft University

रक्तदान गरी नब पाइलाको उद्घाटन्



किशन शाही-
केराबारी । भाद्र २ गते । आज बिहिवार बिहान रक्षा बन्धनको दिन अधिकांस मानिसहरु रक्षाबन्धनको तयारी गर्दै थिए । एकै उमेर समुहका एक हुल युवा युवति निकै ताहुर माहुर गर्दै केरावारी गाविसको प्राङ्गणमा जम्मा भए । केही युवा टेन्ट टाँङन र कोही कुर्षिको सेटिङ मिलाउँन ब्यस्त थिए ।
सेतो टि सर्टमा सजिएर एकै उमेर समुहका जस्ता लाग्ने ती युवाहरुको जमघट् बढेसंगै पूर्व सूचना नपाएका मानिसहरु फाट्ट फुट्ट भेला हुन थाले । एकैछिनमा व्यवस्थापनमा खटिएका एक युवाले कार्यक्रमको संचालन गर्ने अनुमति माग्दै  कार्यक्रम सूरु गरिहाले । कार्यक्रम थियो वचत सहकारी संस्थाको उद्घाटन ।
पछिलो पटक ग्रामिण क्षेत्रमा च्याऊ सरी उम्रिएका सहकारीमा आएको विकृति बिसंगतिका कारण सहकारीहरु बिलाउँने क्रम जारी रहेकै बेला चुनौति मोलेर केराबारीका नव युवा पुस्ताका विशुद्ध युवाहरुको एक समुहले बिहिवार नव पाइला बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गरेका छन् ।
मानविय सेवा नै जीवन दान हो भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्दै नव पाइला वचत तथा ऋण सहकारी संस्थाको औपचारीक उद्घाटन गरेका हुन् । छिटो छरितो र सहज रुपमा वचत तथा ऋणको कारोवार गर्न  सहकारी संस्थाको स्थापना गरेको आयोजकले जनाएको छ ।
 केरावारीमा लगभग तीन दर्जन वढी सहकारी संस्था दर्ताभई संचालनमा आएपनि सक्रिय रुपमा एक दर्जन जति मात्र सहकारी संचालनमा रहेको छ ।
विशुद्ध युवाहरुको समुहद्धारा संचालनमा आएको नव पाइला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको रतmदान कार्यक्रममा विभिन्न ब्यतिmहरुले रक्तदान गरेका थिए । रक्तदान  कार्यक्रममा ५७ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । संस्थाको भवन उद्घाटन बयोवृद्धा समाजसेवी तप्तवहादुर खड्काले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
संस्थाको अध्यक्ष पिताम्बर वरालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा खदम क्याम्पसका प्रमुख टेकवहादुर थपलिया ,गाविस सचिव शान्तिराम दाहाल,केरावारी व्यापार प्रबन्ध समितिको अध्यक्ष चुरानसिंह विक मोरङ सुनसरी सेवा समाजका अध्यक्ष गोकुल थापा , लगायत राजनीतिक दलका प्रतिनीधिहरु रमेश चेम्जोङ,खड्ग लुइटेल,योगराज राई , फिवराज लिम्बु , शान्ति भूजेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सुनिल ठकुरीले संचालन गरेका थिए ।
२०७३/०५/२, गते अंक-४८,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.