Websoft University

ओबिसिएको छैटौं सम्मेलन ओहायोको सिनसिनाटीमा सम्पन्न।

साउन १ गते । मोरङ झापाका बिभिन्न ठाउँमा बसोबास गदैं आएका शरणार्थी शिविरबाट संयुक्त राज्य अमेरिकामा पुनर्वास भएका भुटानीहरुको संस्था ओबिसिएको छैटौं सम्मेलन ओहायोको सिनसिनाटीमा सम्पन्न भएको छ ।
शुक्रबार सुरु सम्मेलनका सहभागीहरुले अमेरिकामा भुटानी समुदायको बलियो एकता स्थापित गर्न जरुरी भएकोबताए । भुटानी मानव अधिकार आन्दोलनका एकजना नेता टेकबिर क्षेत्रीले सिनसिनाटी ७१९८ पूर्वी पिप्पिन रोडस्थित भव्य रूपमा सम्मेलनको समापन गर्दै पुनर्वास भुटानीले आफ्नो भाषा, संस्कृति र रितिथितीको संरक्षणमा दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
क्षेत्रीले भने, ‘अब हामीले आफ्नो समुदायको समृद्ध बनाउँदै यहाँको अर्थबजारमा सहभागिता देखाउनु पर्दछ ।’ ओबिसिएका अध्यक्ष डिबी राईले बिरानो मुलुकमा समुदायको एकता अक्षुण राख्न सचेत हुनुपर्ने बताए ।
उपाध्यक्ष दिलिप दाहालले भुटानी समुदायलाई आफ्नो पहिचान जोगाउने चुनौती रहेको बताउँदै समुदायको आर्थिक समृद्धिका बाटाहरु खोल्न लाग्नुपर्ने बताए । कार्यक्रममा शरणार्थी मामिलाका जानकार हिमालखबर पत्रिकाका सम्बाददाता पत्रकार गोपाल गड्तौलाले पूर्वी नेपालका शिबिरमा रहेका पहिचान र सहायताविहीन भुटानीहरुको सहायतामा हात अघि बढाउन अमेरिका पुनर्वास भुटानीलाई अनुरोध गरे ।
सम्मेलनमा अमेरिकाका दुईदर्जन प्रन्तमा पुनर्वास भएका भुटानीका २ सय बढी प्रतिनिधिले आआफ्ना प्रान्तमा भुटानी समुदायको हितमा भएका प्रयास र ओबिसिएका एकाईहरुका गतिबिधि प्रकाश पारेका थिए ।
कार्यक्रममा पुनर्वास भुटानी समुदायका अगुवाहरु डम्बरसिंह घले, डिजे खालिङ, गंगाराम लामिटारे लगायतले भुटानी समुदायको मौलिकता जोगाउन सम्भव प्रयास गर्न आव्व्हान गरेका थिए ।
सम्मेलनको दोस्रो दिन प्रमुख अतिथिको रुपमा उपस्थित वासिङ्टनस्थित राष्ट्रसंघीय शरणार्थी आयोगका वरिष्ठ पुनर्वास अधिकृत ल्यारी योंकले नेपालका शिबिरमा रहेका १५ हजार बढी मध्ये करिव ९ हजार भुटानी विभिन्न कारणले पुनर्वास हुन नसक्ने बताए ।
पुनर्वास मध्ये सर्वाधिक ८७हजार ५१७ अर्थात ८७ प्रतिशत अमेरिकामा पुनर्वास भएका छन् । यसैगरि क्यानाडामा ६६९१, डेनमार्कमा ८७५, नर्वेमा ५६६, न्युजिल्याण्डमा १००९, अष्टेलियामा ५८३७, नेदरल्याण्डमा ३२९ र बेलायतमा ३५८ जना भुटानी पुनर्वास भएका छन् ।
अनलाइनबाट प्राप्त खबर अनुसार, झापा र मोरङका शिबिरमा ४ हजार१५७ परिवारका १५ हजार ४०० भुटानी शरणार्थी रहेको जानकारी गराइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.