Websoft University

करेन्ट लागेर एकै घरका दुई छोरीको मृत्यु

डोटी, असार २७ गते। दीपायल–सिलगढी नगरपालिका– १४ पादरीमा बिहान करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ । यस घटनामा अन्य चार विद्यार्थी घाइते भएका छन् ।

विद्यालय जाने क्रममा चुँडिएर भुईंमा खसेको बिजुलीको तार छुँदा स्थानीय गणेश आउजीका १० वर्षीया छोरी रोजी र आठ वर्षीया रेश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।
स्थानीयवासी दुर्गा निमावि खाडीलेकमा अध्ययनरत कक्षा दुईकी छात्रा रोजी र कक्षा एककी छात्रा रेश्माको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर १० वर्षीया कालु आउजी, आठ वर्षीया इश्वरा आउजी, १० वर्षीया सन्तु आउजी र आठ वर्षीया सीता आउजी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ । मृतकका आफन्तले क्षतिपूर्तिको माग राख्दै घटनास्थलबाट शव उठाउन दिएका छैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.