Websoft University

बेग्ला बेग्लै सवारी दुर्घटनामा एकको मृत्यु एक घाइते

सप्तरी, मोरङ, साउन ४ गते। सप्तरीमा आज विहान ट्याक्टरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ भने मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्। 
विहान ९;४० बजे सप्तरी कंचनरुप-८ मा स १ त ४००४ नम्बरको ट्रयाक्टरले सोही ठाउँ बस्ने ३५ बर्षिया बौकी सरदारलाई ठक्कर दिदा महिलाको घटनास्थलमै मृत्यु भएको हो। 
ठक्कर पश्चात ट्याक्टर छाडी चालक फरार भएका छन्। फरार चालकको इलाका प्रहरी कार्यालय कंचनपुरबाट खोजी भइरहेको छ। त्यस्तै मोरङको उर्लाबारी-८ मा ना ३ ख ८१२० नम्बरको बसले  मे ४ प ९०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा झापा दमक-७ बस्ने दुर्गा चौलागाई घाइते भएका छन्।
घाइते चौलगाईको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.