Websoft University

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, असार, २४ गते । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनले शुक्रबार दिउँसो जुस पिएका छन् ।
ओम अस्पतालका प्रवन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उनको स्वास्थ्य सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो । उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य जाँच गर्दा सामान्यतर्फ उन्मुख रहेको बताएका छन् ।
बुधवार विहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको स्वास्थ्यमा सुधार देखिएपश्चात्त बिहीबारदेखि उनलाई सघन उपचार कक्ष (आइसीयु)मा राखिएको छ ।
डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनको उपचारमा संलग्न डा. लव जोशीले उनलाई कुनै संक्रमण नहोस् भनेर भेटघाटमा सतर्कता अपनाइएको जानकारी दिए ।
मंगलबार बेलुकी स्वाशप्रस्वासमा समस्या देखिएपछि डा.कोइरालालाई चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो । बुधवार विहान वान्ता भएपछि खाना सर्किदा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.