Websoft University

बिष सेवन गरेर आत्महत्या

बिराटनगर, असार १९ गते।  मोरङ्गको  गोविन्दपुर ४ सुनबर्शी निवासी उपेन्द्र चौधरी (उपेन) ले बिष सेवन गरि आत्महत्या गरेका छन । घरायसी विवादका कारण उनले गत बिहीबार बेलुका बिष सेवन गरे पनि उपचारको कर्ममा शनिबार दिउँसो नोबेल अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो ।

पारिवारिक स्रोतको अनुसार घरमा धेरै ऋण भएको कारण अनि घरायसी विषयका कारण कहिलेकाही घरमा विवाद पर्दै आइरहेको थियो । बिगत केहि समय देखी काँटा गर्दै आएका उपेनको काँटामा धेरै नोक्सान भएको अनि फजुल खर्च बढी भएको कारण घरमा विवाद भएको स्थानीयवासीहरुको भनाई छ ।
कानुनी प्रक्रिया पुरा गरि उनको शनिबार बेलुका नै चौधरी परम्परा अनुसार स्थानीय बक्रा खोलामा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले बताएको छ । अति नै मिलनसार अनि मिजासिलो स्वाभाबका उपेनको असमायिक निधनले पुरै गाउँ शोकमग्न बनेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.